फेरि दैनिक बढ्न थाल्यो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं । सुनको भाउ पछिल्लो दैनिक बढ्न थालेको छ । छापावाला सुनको मूल्य सोमबार यता लगातार घटी बढी रहेको छ ।
बधुवार पनि एकैदिन १ हजार ९०० रुपैयाँ वृद्धि भई १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि १ लाख ५८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । गत सोमबार पनि १ लाख ५७ हजार रुपैयाँ कायम भएका थियो ।
साताको चौंथो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ । मंगलबार भने भने १ हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।