बेलो ब्लस स्टुडियोको काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम « Arthapath.com
३२ असार २०८३, बिहिबार

बेलो ब्लस स्टुडियोको काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम



काठमाडौं । पोखराबाट आफ्नो यात्रा सुरु गरेको प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ प्रिमियम स्टुडियो सञ्चालनमा ल्याएको छ। कम्पनीले यस विस्तारसँगै अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा, व्यावसायिक दक्षता र नवीनतालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अनुसार काठमाडौंमा सञ्चालनमा आएको नयाँ स्टुडियो आधुनिक डिजाइन, व्यक्तिगत सेवा, अन्तर्राष्ट्रिय प्रविधि तथा उच्च गुणस्तरका उत्पादनमार्फत प्रिमियम सौन्दर्य अनुभव प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो। दक्ष तथा प्रशिक्षित ब्यूटी प्रोफेशनलमार्फत विश्वस्तरीय सेवा उपलब्ध गराइने कम्पनीको दाबी छ।

यसअघि पोखराको लेकसाइड र न्युरोडमा सञ्चालनमा रहेका स्टुडियोमार्फत बेलो ब्लसले नेल आर्ट, लक्जरी म्यानिक्योर तथा पेडिक्योर, नेल एक्सटेन्सन, ल्यास एक्सटेन्सन तथा नेल केयर सेवाहरू प्रदान गर्दै आएको छ।

व्यावसायिक सौन्दर्य सेवासँगै कम्पनीले बेलो ब्लस एकेडेमीमार्फत सौन्दर्य शिक्षामा पनि लगानी गर्दै आएको जनाएको छ। पोखरास्थित एकेडेमीमा नेल टेक्नोलोजी, ल्यास आर्टिस्ट्री तथा अन्य व्यावसायिक सौन्दर्य सेवासम्बन्धी व्यवहारिक तालिम सञ्चालन हुँदै आएको छ।

कम्पनीले निकट भविष्यमा काठमाडौंमा पनि एकेडेमी सञ्चालन गर्ने योजना रहेको जनाएको छ। यसबाट दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा विशेषगरी महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सन् २०२१ मा संस्थापक प्रिया गुरुङले आफ्नै घरको एउटा कोठाबाट सुरु गरेको बेलो ब्लस स्टुडियो अहिले पोखरामा दुई स्टुडियो सञ्चालन गर्दै काठमाडौंसम्म विस्तार भएको कम्पनीले जनाएको छ।

बेलो ब्लस स्टुडियो एन्ड एकेडेमीकी संस्थापक तथा निर्देशक प्रिया गुरुङले ग्राहकको विश्वास, टिमको समर्पण र समुदायको साथले कम्पनीलाई यहाँसम्म ल्याएको बताइन्।

उनका अनुसार काठमाडौंमा पहिलो स्टुडियो सञ्चालन हुनु व्यवसाय विस्तार मात्र नभई नेपालमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सेवा उपलब्ध गराउने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण उपलब्धि हो। आगामी दिनमा उत्कृष्ट सेवा, नवीनता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै देशकै विश्वासिलो प्रिमियम ब्यूटी ब्रान्ड बन्ने लक्ष्य रहेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस्