गरिमा क्यापिटलको पहिलो म्युचुअल फन्ड आजदेखि बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ? « Arthapath.com
७ पुष २०८१, आईतवार

गरिमा क्यापिटलको पहिलो म्युचुअल फन्ड आजदेखि बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?



काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’ आजदेखि बिक्री खुला हुने भएको छ ।

क्यापिटलले आज अर्थात् पुस ७ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड बिक्री गर्न लागेको हो । क्यापिटले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न लागेको छ । यो एक बन्दमुखी योजना हो ।

सो मध्ये १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई छुट्याएको छ । यस्तै, १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरेको छ । त्यस बाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको क्यापिटले जनाएको छ ।

यसको अवधि भने १० वर्ष रहेको छ । खरिदकर्ताले न्यूनतम १०० इकाईका लागि र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा पुस ११ गतेसम्म आवेदन सक्नेछन् । तर, तोकिएको समयमा पुर्ण आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म लम्बिने छ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्