गुट नै गुटले अल्झिएको मेरो समाज ! « Arthapath.com
१ श्रावण २०७९, आईतवार

गुट नै गुटले अल्झिएको मेरो समाज !



सन्तोष बोहरा

काठमाडौं । खै मैले खोजेको अनि चाहेको भन्दा धेरै फरक छ मेरो समाज म आफैले आफैलाई प्रश्न उत्तर गरी रहन्छु समाधान र समस्या के ? यति मै कहाँ टुङ्गिन्छन् र मेरा प्रश्न बरालिन्छु प्रश्न नै प्रश्नमा मैले बुझेको राजनिति र चलिरहेको समाजको राजनिति के रैछ भन्दै खै आत्मीयता भनेर मैले खोज्दै हिड्दा समाजमा त आत्मीयता पार्टीमा लिप्त भइसकेको रैछ । सहयोग सम्बन्ध बिचार संस्कृत सहयोग सबै पार्टी पार्टी भनेर गुन्जी रहेको रैछ ।

नेपालीको राजनीति दलमा गुट,शिक्षाको क्षेत्रमा दलकै गुट,स्वास्थ्यको क्षेत्रमा दलकै गुट,सुचना सञ्चारमा दलकै गुट,सुरक्षाको क्षेत्रमा दलकै गुट, जतिसुकै गुट गुट अरु तँ म केहि बोलिन तर न्यायलय जस्तो संबेदनसिल,शान्तिको प्रतिमुर्ति जस्तो क्षेत्रमा पनि दलका गुट बनाए राजनीति किचलोमा न्याय मार्ने बिश्व कै पहिलो देश सहायत मेरो देश नेपाल नै होला,त्यसैमा भोलिका वकिल हु भन्दै छाति पिटेर हिड्ने साथीहरू पनि हो मा हो भन्दै तालि बजाएर पिछा पिछा गर्दा नेपाल न्याय क्षेत्र भ्रष्टाचार को खडा बन्ने निश्चित छ,जो सँग पहुच,पैसा छ उस्ले मात्रै न्याय पाउने अनि सर्वसाधारण जनता,पडित बर्गका पक्षले न्याय नपाएको र नपाउने पनि निश्चित छ । जब सम्म न्यायलाइ स्वतन्त्र खडा गरिदैन तब सम्म निमर्ला,सुस्मिता,पिडित समुहले न्यायको अपेक्षा नगेरे हुन्छ ।

भोलिको एक राम्रो वकिल हु भन्दै गित गाउनेहरु अहिले बाट नै झोला बोग्दै दगुर्नु थाले पछि भोलि के आस त्यसैले हामि भन्न चाहन्छौं झोला भोगेर झोले नै बनिन्छ स्वतन्त्र,निष्पक्ष,राम्रो बिचार,धारणा भएको व्यक्ति लाई साथ सहयोग गर, राजनीति दलको समार्थमा बरिष्ठ लागाउने र केहि नैतिकता नभएका व्यक्ति नै न्यायलयका कंलक हुन नेपाल बार एशोसिएशन र न्याय क्षेत्र स्वतन्त्रता पक्षमा संघर्ष गरौं ,राम्रो स्वतन्त्र बिचार धारण भएको व्यक्ति लाई निर्वाचित गरौं,आफ्नो व्यक्तिगत स्वार्थका लागि झोला भोग्ने कायरता छौडउ अनि आफै पडिले न्याय को अनुभुती गर्छ ।

विगत लामो समय सम्म देखि नेपालको हरेक क्षेत्रलाइ निआलेर हेर्ने हो भने नेपाल प्रहरी,सेना,विभिन्न आयोग,सरकार कार्यालय,गैरसरकारी कार्यालय सहित हेरक क्षेत्रका परिचर देखि उच्च पद सम्म जागिर खान पनि पहुँत चाहिने,सरुवा बडुवा कार्यक्षमता को आधारमा होइन यहाँ नातागोताले हुने देशका नगरिक है हामि अनि देशले कसरि कुशल,सबल कार्मचारि,नेतृत्व कर्ता पाउँछ ? कहिले सम्म जनता माथि किचलो र फोहरी राजनीतिको प्रदुषण बाट जनताले मार झेल्नुपर्ने ? नेपालको व्यवस्था फेरिएपनि अबस्था जहाँ सम्म फेरिनु पर्थाे त्यहाँ सम्म फेरिएको छैन। यसको प्रमुख पक्ष भनेको नै नेपालको हरेक क्षेत्रमा दलका गुठले बनाएको कंकाल हो ।

अब, यसलाई सिधा अर्थ भने हो भने बाहिर चिप्लो लेप लगाएर कुरा गर्ने नेपाली नेता,कर्मचारी,सुरक्षा क्षेत्रका प्रतिमुर्ति,न्यायलयका न्यायाधीश,शिक्षा,स्वास्थ्य,तथा विभिन्न क्षेत्रका हालि मुकालिले नै राष्ट्रियता लागि सहकार्य गर्ने गफ र बफादार भाषण दिए पनि तर हाम्रो देशमा आफ्नो पद बचाउन,आफ्नो शक्ति सचय गर्न र व्यक्ति स्वार्थको लागि सहकार्य,सहअस्तित्व,प्रामर्श चलखेल हुने गर्दछ । यस्ता गतिविधिले आज देशको आर्थिक संकट यो अबस्थामा आइपुगेको हो ,भ्रष्टाचारको बहुल्यता को प्रमुख जरा पनि यहि हो । यसलाई बेलामा नै सम्पूर्ण सचेतक वर्गले गम्भीरतापूर्वक लिएर यसको सामाधान तर्फ जानु पर्छ ।

‘न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन? त्यसकारणले न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ। उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ। त्यसमा राजनीति गर्ने राजनीतिककर्मीहरुले न्यायालयभित्र हस्तक्षेप गर्नु हुँदैन। त्यसकारणले आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नु पर्छ। त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ। त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन। कहीँ पनि दुनियाँमा यस्तो चलन छैन।’तर यो लाजमर्दो बिषय भने हाम्रो देशको लागि कुनै नैलो प्रबेश हैन ।

अदालतको आदेशलाई बेवास्ता गर्दै निर्माणका लागि बजेट छुट्याउनु भनेको आफैँमा चिन्ताजनक पक्ष हो। सरकार आफैँ न्यायालयका निर्णयप्रति असन्तुष्ट हुँदै त्यसविपरीत जान खोज्नु अपरिपक्वताको लक्षण हो। न्यायालयले कुनै निर्णय दिएपछि आफूलाई चित्त नबुझे पनि त्यसको पालना गर्ने दायित्व सर्वसाधारणदेखि सरकारसम्मको हो। आफूलाई चित्त नबुझ्ने बित्तिकै त्यस विपरीत गर्न थाल्ने गरेको हामि देखि रहेका नै छौ,यस्तै गर्ने हो भने विधिको शासन मर्न थाल्छ र बलमिच्याइँ सुरु हुन्छ।

आफूलाई कुनै निर्णय मन पर्नासाथ जय÷जयकार गर्ने र चित्त नबुझ्ने बित्तिकै त्यसको विरोधमा गतिविधि गर्ने प्रवृत्ति राजनीतिक नेतृत्वमा देखिएको छ। न्यायालयले आधार, प्रमाण र कानुन हेरेर निर्णय गर्ने हो। त्यसमा चित्त नबुझेको खण्डमा उपचारको व्यवस्था छ। त्यतिमात्र होइन, प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्म अक्षम छन् भन्ने लागेमा महाभियोग लगाउनेसम्मको हतियार राजनीतिक नेतृत्वसँग छ। तर, त्यसको विधिसम्मत प्रयोग हुनुपर्छ । न्यायलयलाइ चौतर्फी स्वतन्त्र खडा गर्नु पर्छ, बल्ल पिडिले न्यायको अनुभुती गर्ने छन् ।

राजनीति गर्ने भए न्यायलय भन्दा बाहिर आउ गर जतिसुकै ठाउँ पनि खालि छ तर न्यायलय क्षेत्रमा राजनीति गर्न बन्द गर ! आफ्नो दलभित्र पनि न्यायलय स्वतन्त्र राख्ने प्रबन्ध मिलाउनु होस्, आफ्नै दलका गलत कदम बिरुद्ध पनि संघर्ष गर्न नस्सक्ने हुतिभएका वाला राजनीति बाट बाहिरए हुन्छ, पाटीको गुन गाउनेले राष्ट्रियता कुरा नगरे हुन्छ ! भ्रमको खेति नगर्नुहोस् भोलि बाढी आउन सक्छ ।

(लेखक सन्तोष बोहरा डोटी जिल्ला शिखर नगरपालिका वडा ११ घर भइ हाल काठमाडौंमा कानून अध्ययनत विद्यार्थी हुन)


प्रतिक्रिया दिनुहोस्