बाल अधिकार खोइ ? « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

बाल अधिकार खोइ ?



कविता:

मेरो देश,
मेरो देशले बाह्य इशारामा शिक्षा नीति बनाउँछ ।
ब्यवसायिक अनि प्राविधिक शिक्षाको नारा सुनाउँछ ।।
कागजमा मात्र अधिकार प्राप्त स्थानीत सरकार ।
कागजमा मात्र अधिकार प्राप्त स्थानीय सरकार त्यसै केन्द्रकै नीतिमा रमाउँछ ।।
(सीपको नाममा हलो जोत्नसम्म आउँदैन मलाई) २
त्यसैले त पल्लाघरे ठुल्दाइले थरिथरि कुरा सुनाउँछ ।
त्यसकारण सोध्न मन लाग्छ, सरकार ।।
मेरो सीपयुक्त शिक्षा पाउने बाल अधिकार खोइ ?

मल्लोघरे कान्छोपनि होटेलमा पसिना सित पैसा साट्दैछ ।
तल्लोघरे साइलो बनपाखामा भैसिसित स्याउला अनि घाँस काट्दैछ ।।
(म जस्तो मेरो साथी गणितका सुत्रहरु रटीरटी) २
खोक्रो सर्टिफिकेटले अभिभावकलाई ढाँट्दैछ ।
तर, तर बाल अधिकारको नाममा मेरो सरकार केवल सन्देश मात्र बाड्दैछ ।।
त्यस कारण सोध्न मन लाग्छ सरकार ।
त्यो कान्छो र साइलोको मौलिक बाल अधिकार खोइ ?

कयौँ चेलीहरु खोला तीरमा आमासँग ढुङ्गा गिट्टी कुट्दैछन् ।
कयौँ भाइ बैनीहरु सडक छेउमा हाँडीमा मकै अनि पपकर्न भुट्दैछ ।।
कयौँ दिदिहरु पिठ्युमा भाइबैनी बोकी ढिकी जाँतोमा जुट्दैछन् ।
तर, नीति निर्माताहरु सहरका रेस्टुरेन्टमा तिनका नाममा मस्ती लुट्दैछन् ।।
त्यसकारण सोध्न मन लाग्छ, सरकार ।
तीन भाइबैनी र दिदिको बाल अधिकार खोइ ?

बाल दिवस केबल सभा र सम्मेलनमा मात्र सिमित नहोस् ।
कुना कन्दरामा रहेका भाइ बहिनिहरुसम्म यो आवाज पुगोस् ।।
ग्रामीण अनि दुर दराजमा पुगि बाल अधिकारको नीति बनोस ।
(जाति, जनजाति, लिङ्ग, वर्ण अनि कुनै निश्चित वर्ग नभनि) २
सबै बालबालिकालाई बाल अधिकारले चुमोस ।
बालमैत्री शासन होस्, बाल अधिकारको सम्मान होस् ।।
(बाल दिवश २०८० को हार्दिक मंगलमय शुभकामना) २

(लेखक डोटी जिल्ला आर्दश गाउँपालिका ५ पिडमा रहेको सरस्वती आधारभुत विद्यालयका शिक्षक हुन् ।)


प्रतिक्रिया दिनुहोस्