रायमाझीको उर्जामा दोस्रो इनिङ, एमसिसि पास गर्ने अठोट « Arthapath.com
१२ पुष २०७७, आईतवार

रायमाझीको उर्जामा दोस्रो इनिङ, एमसिसि पास गर्ने अठोट



काठमाडौं । यसअघि पनि केपी शर्मा ओली मन्त्रीपरिषदमा उर्जामन्त्री रहेका टोपबहादुर रायमाझीले दोस्रो पटक ओली मन्त्रीपरिषदमै उर्जा मन्त्रालय सम्हाल्ने मौका पाए । आइतबार उर्जामन्त्रीको कार्यभार सम्हाल्दै रायमाझीले ओलीको चाहना अनुसार एमसिसि पास गर्नुपर्ने बताए ।

उर्जामन्त्री रायमाझी आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालय सम्हालेका हुन । ओलीसंग यसअघिनै राम्रो संबन्ध बनाएका टोपबहादुर रायमाझी पुन ओलीको इच्छा अनुसार एमसिसि पास गर्ने बताए ।

पदभार ग्रहणमा पत्रकारहरुसंग संम्छीप्त प्रतिक्रिर्या दिँदै रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झैता नेपालको पक्षमा रहेको बताए । उनले एमसीसी कार्यान्वयनमा सहयोग गर्न समेत सबैलाई आग्रह गरका छन । रायमाझीले शुक्रबार साझँ राष्ट्रपति विद्यादेवी भण्डारीसंग मन्त्री पदको सपथग्रहण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्