आन्तरिक हवाइ सेवा नरोकिने वायुसेवा सञ्चालक संघको प्रस्टिकरण « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

आन्तरिक हवाइ सेवा नरोकिने वायुसेवा सञ्चालक संघको प्रस्टिकरण



काठमाडौं । वायु सेवा सञ्चालक संघ, नेपालले कोरोना महामारीका बीच पनि आन्तरिक वायु सेवा सञ्चालनमै रहने स्पस्ट पारेको छ । ‘कोभीड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’ले आन्तरिक वायु सेवा रोक्नेबारे छलफल गरेको खबर सार्वजनिक भएपछि संघले विज्ञप्तीमार्फत् सेवा नरोकिने बताएको हो ।

‘वर्तमान सन्दर्भमा सबैभन्दा सुरक्षित र संक्रमणरहित आउजाउको साधन नै हवाइ यात्रा रहेकोले संसारभरीका कुनै पनि देशले आन्तरिक उडानलाई रोक लगाइएको देखिँदैन’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

बरु नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको स्वास्थ्य मापदण्ड परिपालना भएको छ की छैन भनेर अनुगमन गर्न विमान सेवा कम्पनीका प्रतिनिधीको एएटा टोली नै गठन गरिएको विज्ञप्तीमा भनिएको छ ।

संघको कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यती एयरलाइन्स, समीट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधी सम्मिलिन अनुगमन समितिले आज पहिलो पटक अनुगमान गरेको बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्