पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएपछि आइसियूबाट वार्डमा सारियो « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

पूर्व रानी कोमल शाहको स्वास्थ्यमा सुधार आएपछि आइसियूबाट वार्डमा सारियो



काठमाडौं । यस नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उहाँको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको हो । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर छ ।


प्रतिक्रिया दिनुहोस्