बागमतीमा सत्ता परिवर्तनको खेल शुरु, मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि राजेन्द्र पाण्डेको मुख्यमन्त्रीमा दावी « Arthapath.com
१५ भाद्र २०७८, मंगलवार

बागमतीमा सत्ता परिवर्तनको खेल शुरु, मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि राजेन्द्र पाण्डेको मुख्यमन्त्रीमा दावी



काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।

नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी हुन् । एकल बहुमत भएकाले भदौ २ गते डोरमणि पौडेलले राजीनामा दिएका थिए । पूर्व मुख्यमन्त्री पौडेलले राजीनामा दिएपद्धि शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर शाक्य मुख्यमन्त्री बनेको १५ दिन नपुग्दै नेकपा समाजवादीले दावी गरेको हो ।

भदौ २२ गतेसम्म दल रोज्न निर्वाचन आयोगले समय दिएको छ । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीमा रहेको सांसदको संख्या सार्वजनिक गरेपछि त्यसैदिनदेखि बागमती सरकार अल्पमतमा पर्नेछ ।

निर्वाचन आयोगले सांसदको संख्या ताकेपछि मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दावी गर्ने स्रोतले बताएको छ । स्रोतका अनुसार अबको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्ने छन् । सांसद पाण्डेलाई सत्तारुढ गठबन्धनले पनि सहयोग गर्ने स्रोतल बतायो ।

बागमती प्रदेश सभामा १०९ सांसद रहेका छन् । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका सभामुखसहित ५६ सांसद रहेका छन् । तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा सिमित बनेको छ ।


प्रतिक्रिया दिनुहोस्