आउँदो चुनावमा एमालेका लागि नभई देशका लागि एकल बहुमत ल्याउनुपर्छः अध्यक्ष ओली « Arthapath.com
२ श्रावण २०८३, शनिबार

आउँदो चुनावमा एमालेका लागि नभई देशका लागि एकल बहुमत ल्याउनुपर्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले एकल बहुमत ल्याउने दाबी गरेका हुन् ।

एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको भनाई छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘अहिलेको सकारबारे म केही भन्न चाहन्न, उहाँलाई हामीले आमन्त्रण गरेका छौँ, प्रधानमन्त्रीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्न वाञ्छनीय हुँदैन, प्रधानमन्त्री ज्यू सायद काम गर्न चाहनुहुन्थ्यो कि ? तर प्रधानमन्त्री ज्यूलाई काम गर्न गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने, मेरो खुट्टा तान्नेहरूले आज उहाँका खुट्टा समातिरहेका छन् । त्यस कारण उहाँलाई पनि गाह्रो छ कि ?’

उनले हसियाँ–हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिण पन्थी सरकार बनाएको भन्दै उनीहरुलाई हँसिया हथौडा फ्याँक्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्