तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह « Arthapath.com
११ माघ २०७८, मंगलवार

तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो ।

विज्ञप्तिमार्फत आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्