बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त



काठमाडौं । बेलायतकाृ राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै आचार्यलाई राजदूत नियुक्त गरेको जनाएको छ । ‘नेपालको संविधानकोे धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिरिषद्को सिफारिसमा ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्ष्का लागि नेपालको आवासिय राजदूत नियुक्त गरिएको हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएर उनलाई बेलायतको राजदूतमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्