उद्योग संगठन मोरङले प्रदेश नं १ मा आर्थिक सम्मेलनको आयोजना गर्ने « Artha Path
१७ माघ २०७८, सोमबार

उद्योग संगठन मोरङले प्रदेश नं १ मा आर्थिक सम्मेलनको आयोजना गर्ने



विराटनगर । उद्योग संगठन मोरङले बाह्रखरी मिडियासंगको सहकार्यमा प्रदेश स्तरिय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । बाह्रखरी मिडियाले हरेक बर्ष आयोजना गर्ने कर्पोरेट गल्फ अन्तरगत सरकार र नीजि क्षेत्रको सहभागितामा आयोजना गर्ने आर्थिक बहस यस बर्ष आगामी फागुन १३ र १४ का दिन पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान भन्ने थिममा प्रदेश नं १ स्तरिय आर्थिक सम्मेलनको आयोजनाका लागी उद्योग संगठन मोरङले सहकार्य गरेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

हिजो १६ माघमा धरानमा पत्रकार सम्मेलनको आयोजना गरि गल्फसगै प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने उद्देश्यले सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा बिराटनगरमा आर्थिक सम्मेलनको आयोजनाका गर्न लागिएकोे जानकारी गराइएको हो ।

प्रदेशको राजनीतिक संरचना स्थापित भएपश्चात प्रदेश नं १ सरकारले समग्र प्रदेश नं १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच “स्वच्छ, सुखी र समुन्नत प्रदेश” र “सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने” समष्टिगत लक्ष्य निर्धारण गरेको सन्दर्भमा यस सम्मेलनले प्रदेश सरकारको दिर्घकालिन सोचको र लक्ष्य प्राप्तीमा सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ ।

सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागी हालसम्म के कस्ता प्रयासहरु भए ? कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने आगामी दिनमा अपनाउनु पर्ने नीति तथा कार्यक्रमहरुका बारेमा ठोस मुद्दा पहिल्याउने अपेक्षा आयोजकको रहेको छ ।

पूर्व अर्थ सचिव एवं उद्योग संगठनका बिशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने संघिय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहने गरि तयारी भइरहेको सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता रहने छ । प्रदेश नं १ भरिका आर्थिक बिषय बस्तुहरुको उठानका लागी ५ ठाँउमा राउण्ड टेबुल बैठकहरुको आयोजना गरिदैछ ।

१७ माघबाट धनकुटाबाट शुरु भएको राउण्ड टेबुल, इलाम, बिर्तामोड, गाईघाट र लुक्लामा आयोजना हुने छ । यसरी सबै क्षेत्रबाट प्राप्त सुझावहरुलाई समेत आधार बनाई कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रदेश नं १ का आर्थिक एजेण्डाहरु स्थापित गराउन सम्मेलन अगाडी १ महिनासम्म बाह्रखरीले रिपोटिङ गर्ने र सम्मेलन पश्चात उद्योग संगठन र बाह्रखरी मिडियाले बर्ष भरि फलोअपका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्