निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै « Artha Path
२५ माघ २०७८, मंगलवार

निर्वाचनको तयारीमा जुट्यो आयोग, निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट बन्दै



काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी सुरु गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तयारी थालेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्दै गरेको उनले बताए ।

आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए । कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुन्छ ।

विगतका निर्वाचनका अनुभव र कमजोरीका आधारमा कार्यविधि बनाउने पौडेलले बताए । यस्तै आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहान भर्चुअल माध्ययममार्फत भएको बैठकमार्फत यस्तो निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्