प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान सवा ११ बजे संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

नेपाली कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ । राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस्