महाभियोगबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

महाभियोगबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

एमालेका एक सांसदका अनुसार, भोलि (सोमबार) बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्