बजेट आयातबाट उत्पादनतर्फ, वार्षिक ३० प्रतिशत रोजगारी बढाउने « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

बजेट आयातबाट उत्पादनतर्फ, वार्षिक ३० प्रतिशत रोजगारी बढाउने



काठमाडौं । आगामी आर्थिक बर्ष २०७९–७९ को बजेट आयातबाट उत्पादन तर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बजेटको रूपमा प्रस्तुत गरिएको अर्थमन्त्री शर्माले बताएका छन् । आइतबार अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को लागि बजेट पेस गर्दै यस्तो जानकारी गराएका हुन् ।

आगामी आर्थिक बर्षमा २० प्रतिशत आयात घटाउने लक्ष राखिएको बताएका छन् । साथै उनले पुँजी र प्रविधिको प्रयोगले रोजगारी सिर्जना गर्ने बताए ।

प्रदेश र स्थानीय तहमा स्रोत र साधन हस्तान्तरण गर्ने र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने उनको भनाई छ । निर्यातलाई दोब्बर बनाउने र वार्षिक ३० प्रतिशतका दरले रोजगारी बढाउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्