प्रशोधित पानी लगायतका बस्तुहरु निर्यात गर्दा ८ प्रतिशत अनुदान « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

प्रशोधित पानी लगायतका बस्तुहरु निर्यात गर्दा ८ प्रतिशत अनुदान



काठमाडौं । नेपालबाट पानी लगायत उच्च निर्यातका सम्भवाना भएका बस्तु निर्यात गर्न अनुदानको व्यवस्था मिलाएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै उनले उच्च निर्यात सम्भवाना भएका बस्तुमा ८ प्रतिशत अनुदान समेत प्रदान गर्ने बताएका हुन् ।

उनले भने, ‘उच्च निर्यात सम्भवान भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुड वेयर, प्रशोधित पानी लगायतका बस्तुहरु र सूचना प्रविधिमा आधारित सेवा तथा विजनेश प्रोसेसिङ आउटफोर्सिङ जस्ता सेवाहरु पहिचान गरि निर्यात प्रवर्द्र्धन गरिने भएको छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था मिलाएको छु ।’


प्रतिक्रिया दिनुहोस्