इजीलिंक रेमिटका संचालक अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी, म्यानपावर व्यवसायी समेत रहेको खुलाशा « Arthapath.com
५ माघ २०७९, बिहीबार

इजीलिंक रेमिटका संचालक अर्याललाई श्रम मन्त्रालयको जिम्मेवारी, म्यानपावर व्यवसायी समेत रहेको खुलाशा



काठमाडौं । नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्याल रेमिट्यान्स कम्पनी संचालक रहेको खुलेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्हाल्ने जिम्मा पाएका मन्त्री जापान केन्द्रित रेमिट्यान्स कम्पनी इजीलिंक रेमिटका सञ्चालक समेत रहेको खुलेको हो । उनी गत मंगलबार भएको मन्त्रीमण्डल गठनमा श्रम मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

अर्याल म्यानपावर व्यवसायी समेत रहेको विभिन्न सञ्चारमाध्यमहरु समाचारहरु आईरहेका छन् । मन्त्री पदमा नियुक्त भएसँगै उनको विषयमा समाचार प्रकाशित हुन थालेपछि अहिले इजिलिंक रेमिटको वेभसाइटबाट अर्यालले आफ्नो फोटो हटाएका छन् ।

उनलाई नेपालबाट सबैभन्दा धेरै जापानमा नेपाली कामदार पठाउने म्यानपावरको संचालक समे रहेको बताइएको छ । सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसेज प्रा.लि.को संचालक समेत रहेको पाइएको छ । ओभरसिजको आधिकारिक वेबसाइटमा म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि जोडिएको उल्लेख छ । तर, यसबारे समाचार आएपछि कम्पनीको वेबसाइट बन्द छ ।


प्रतिक्रिया दिनुहोस्