कृषि विकास बैंकलाई कृषि क्षेत्रकै नेतृत्व गर्ने बैंकको रुपमा स्थापित गराउन आवश्यक: अर्थमन्त्री पौडेल « Arthapath.com
७ माघ २०७९, शनिबार

कृषि विकास बैंकलाई कृषि क्षेत्रकै नेतृत्व गर्ने बैंकको रुपमा स्थापित गराउन आवश्यक: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंकले कृषि क्षेत्रको अग्रणी बैंक बन्नु पर्ने बताएका छन् ।

शनिबार कृषि विकास बैंकको ५६औं वार्षिकोत्सवलाई सम्वोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । बैंकिङ व्यवसायको माध्यमबाट आन्तरिक स्रोत परिचालनमा बैंकले अझै प्रभावकारी भुमिका निर्वाह गर्नुपर्नेमा उनले जोडदिए ।

उनले भने,–‘नेपालको कृषि क्षेत्रको विकासका साथै समग्र वित्तीय क्षेत्रको विस्तारका लागि यस बैंकले पुर्याएको योगदान प्रशंसीनय छ, बैंकले अझै व्यवसाय विस्तार र कृषि क्षेत्रमा लगानी वृद्धि गरि प्रभावकारी भुमिका खेल्नुपर्छ ।’

कृषि विकास बैंकले कृषि क्षेत्रको नेतृत्व गर्ने बैंकको रुपमा स्थापित गराउन आवश्यक रहेको बताए । सोही अवसरमा मन्त्री पौडेलले बैंकहरुले पनि वित्तीय स्वास्थ्यलाई ध्यान दिनुपर्नेमा जोडदिए । उनले भने,–‘अहिले सरकारले पनि खर्च कटौति गरेर मितव्ययी बन्न पहल गरिरहेको छ, यस्तो बेला बैंकहरुले पनि आफ्नो वित्तीय स्वस्थ्यलाई ध्यानमा राख्नुपर्छ ।’

सोही अवसरमा अर्थमन्त्रीले पौडेलले कर्मचारीहरुको सेवा सुविधामा भने बैंकको व्यवस्थापनले निर्णय लिनुपर्ने बताएका छन् । उनले भने,–‘बैंकको आर्थिक सामाथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाका लागि बैंक व्यवस्थापनले उचित निर्णय लिनुपर्छ।’

jअर्थमन्त्री पौडेलले सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको बताए । उनले भने,–‘चालु आर्थिक वर्षको मध्यावधिक समिक्षा अवधिमा पनि सरकारले लक्ष्यअनुसार राजश्व उठाउन सकेको छैन, गत वर्षको सोही अवधिमा संकलन भएको राजश्व भन्दा यस वर्ष निकै कम छ । वैदेशिक सहायता पनि लक्ष्य अनुसार भईरहेको छैन ।’


प्रतिक्रिया दिनुहोस्