संकटपूर्ण अवस्थामा ल्याएको बजेटको आकार ठुलो भयो, सरकारले कार्यान्वयन गर्न सक्दैन: पूर्वअध्यक्ष कटुवाल « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

संकटपूर्ण अवस्थामा ल्याएको बजेटको आकार ठुलो भयो, सरकारले कार्यान्वयन गर्न सक्दैन: पूर्वअध्यक्ष कटुवाल



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने बताए ।

संस्थापक अध्यक्ष कटुवालले सरकारले ल्याएको बजेटको बारेमा प्रतिक्रिया दिँदै वर्तमान आर्थिक समस्याकाबीच आएको बजेटको आकार ठूलो भएकाले कार्यान्वयनमा समस्या रहेको बताए ।

सरकारले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउन नसकेको उनको भनाई छ । उद्योगी व्यवसायीहरुको मागलाई केही सम्बोधन गरेको भएता पनि त्यतिले पुग्ने अवस्था नभएको बताए । विगतका सरकारले पनि बजेट भाषणमा ललिपप देखाउने तर कार्यान्वयन गर्ने बेलामा कार्यान्वयन नहुने गरेको स्मरण समेत गराए ।

सरकारले निजी क्षेत्रको मनोवल उच्च बनाउने भाषण गरे पनि मनोवल उच्च बनाउन सक्ने गरी बजेट नआएको उनको भनाई छ ।यद्यपि, बजेट मार्फत सरकारले ल्याएका कतिपय व्यवस्थाहरु सकारात्मक रहेको कटुवालले बताए । उनले आगामी आर्थिक वर्षको बजेट जसरी अर्थतन्त्रको चुनौती र समस्या समाधान उन्नमुख हुर्ने भए पनि समाधान उन्नमुख हुन नसकेको बताए ।

कटेवालले भने,–‘सरकारले ल्याएको बजेट वर्तमान समस्या समाधान उन्नमुख छैन । अर्थतन्त्र शंकटामा हुँदा उद्योगी व्यवसायी पलायन हुने अवस्थामा छन् । उनीहरुको लागि मनोवल उच्च बनाउने मात्रै भनिएको छ तर के गरेर मनोवल उच्च बनाउने उल्लेख छैन । सरकारबाट व्यवसायीहरुले तत्काल समस्याको समाधान खोजी रहेका छन् ।’

बजेट शिथिल अर्थतन्त्र उकास्ने गरी आउनु पर्नेमा राजश्व केन्द्रित भएर आएको उनको प्रतिक्रिया छ । ‘बजेट हेर्दा राजश्व धेरै संकलन गर्ने, वैदेशिक लगानी ल्याउने, नाराहरु पनि राम्रो रहेको छ । तर, वर्तमान समस्या समाधान गर्ने खालको छैन’–उनले भने ।

सरकारले सस्तो लोकप्रियताका लागि मात्रै बजेट ल्याएको उनले दावी छ । उनले भने–‘दिर्घकालिन समाधानका लागि कृषि, रोजगार र युवाको लागि प्राथमिकता राखेर लोकप्रियता कमाउनको लागि मात्रै राखेको देखिएको छ । बजेटले जति महत्वकांक्षा बोकेर ल्याइएको भए पनि पूरा हुने सम्भावना कम छ ।’

उनले पछिल्लो समय आर्थिकमन्दी कारण ३५ प्रतिशतसम्म सटर खाली भएको उनको भनाई छ । यसका साथै ६० प्रतिशत साना तथा घरेलु उद्योगहरु बन्द अवस्थामा रहेको भन्दै सरकारले लिएको १२ अर्बको राजश्व संकलन सम्भव नहुने उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्