मेडिकल व्यवसायी दुर्गा प्रसाईं १ लाख धरौटी माग, पक्राउ परेको ९ दिनपछि छुट्दै
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं १ लाख धरौटी बुझाएर छुट्न भएका छन् । प्रसाई ९ दिनअघि पक्राउ परेका प्रसाईं धरौटामा छट्ने भएका हुन् ।
काठमाडौं जिल्ला अदालतले व्यवसायी प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी गत असोज ६ गते साइबर अपराधमा पक्राउ परेका थिए ।
तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले १ लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई साइबर सम्बन्धी २ वटा मुद्दामा ५०–५० हजार धरौटी माग गरिएको छ ।
प्रसाईले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको भन्दै ५ वर्षसम्म कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको थियो ।