बागमती प्रदेश सरकारका खानेपानी मन्त्री खड्काले दिए राजीनामा
हेटौंडा । बागमती प्रदेश सरकारमा नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद गहिरिँदै जाँदा खानेपानी, ऊर्जा तथा सिचाइँमन्त्री श्यामकुमार खड्काले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् ।
खड्काले कांग्रेस संसदीय दलको कार्यालयमै पुगेर मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले लामाविरुद्धको अविश्वास प्रस्तावमा पनि हस्ताक्षर गरेका छन् ।
यससँगै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या २२ पुगेको छ । यसअघि साउन ९ गते कांग्रेसका चारजना मन्त्रीले पनि पदबाट राजीनामा दिँदै प्रस्तावमा समर्थन जनाएका थिए ।












