बागमती प्रदेशका मुख्यमन्त्री लामाले राजीनामा दिने
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले राजिनामा दिन लागेका हुन् ।
संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भएपछि लामाको पद संकटमा परेको थियो । अब इन्द्र बानियाँ कांग्रेसको नयाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् ।
मुख्यमन्त्री लामाले एक वर्षमा राजीनामा दिने सहमति गरेका थिए, तर पद नछोडेपछि असन्तुष्ट पक्षले अविश्वासको प्रस्ताव ल्याएका थिए ।












