लकडाउन अबधीमा ट्राफिक प्रहरीले उठायो २ करोड ६१ लाख राजश्व, यस्तो छ ५ वर्षको सवारी कारवाही र राजश्व संकलनको अवस्था « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

लकडाउन अबधीमा ट्राफिक प्रहरीले उठायो २ करोड ६१ लाख राजश्व, यस्तो छ ५ वर्षको सवारी कारवाही र राजश्व संकलनको अवस्था



चित्रराज भण्डारी

काठमाडौं । अहिलेपनि देशका अधिकांस भुभागमा निषेधाज्ञाको अवस्था छ । सडकमा सवारी गुडेका छैनन । सडक प्राय सुनसान छ । यस्तो अवस्थामा पनि ट्राफिक प्रहरीले सवारी कारवाहीबाट २ करोड ६१ लाख राजश्व उठायो भन्दा पत्याउनै गाह्रो हुन्छ ।

गत चैत्र महिनादेखी असार मसान्तसम्ममा ट्राफिक प्रहरीले सवारी कारवाहीबाट २ करोड ६१ लाख संकलन गरेको छ । ४ महिनामा २ करोड ६१ लाख त्यो पनि अधिकांस सवारी घरघरमा थन्किएको अवस्तामा ट्राफिक प्रहरीले संकलन गरेको हो । त्यसमा पनि ट्राफिकले मापासे लगायत भम्भिर कारवाही स्थगित गरेको थियो ।

पछिल्लो समय ट्राफिक कारवाहीमा पर्ने सवारी साधनहरुको संख्यामा बृद्धि भएको छ । पछिल्लो समयमा सवारी कारवाही बढि हुनुमा सवारी साधनको चाप बढि रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक प्रवक्ता (एसपी) बामदेव गौतमले बताए ।

उनले भने मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको हो ।

त्यस्तै सरकारले चैत्र महिनादेखी अषाढसम्म लकडाउन लगाएको थियो । लकडाउनको अवधीमा ४० हजार ८ सय ४० सवारी साधन कारवाहीमा परेका छन् भने २ करोड ६१ लाख ९५ हजार रुपैयाँ राजश्व संकलन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चैत्र महिनामा २३ हजार ८ सय ६७ सवारी साधन कारवाहीमा परेका छन् भने १ करोड ७३ हजार रुपैयाँ राजश्व संकलन भएको छ । तर बैशाख र जेष्ठ महिनामा भने सवारी साधन कारवाहीमा परेका छैनन् । त्यस्तै अषाढ महिनामा १६ हजार ९ सय ७३ सवारी साधन कारवाहीमा परेका छन भने १ करोड ११ लाख २२ हजार रुपैयाँ राजश्व असुल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

लेन मिचेको, सवारी कागजपत्र साथमा नबोकेको, ओभर स्पिड चलाएको, मापसे गरेको, नो पार्किङमा पार्किङ गरेको, रेड लाईट क्रस गरेको, वान वेमा प्रवेश गरेको, अनैतिक तरिकाले आभेर ट्याग गरेको वा ट्राफिकका सबै नियम उल्लङ्घन गरेकाले यी सवारी साधन कारवाहीमा परेका हुन् ।

किन बढ्यो कारवाही ?

१४–१५ बर्ष उमेरकाले चाँडै नै गाडी चलाउने उत्सुकता बढि भएको हुनाले पनि कारवाही पर्ने गरेको उनले बताए । उनका अनुसार, “जरिवाना रकम कम भएकाले पनि बढि लापरवाही गर्ने गरेका छन् । बढि जरिवाना हुँदै गयो भने सवारी कारवाही पनि कम भएका छन् । पहिले २ सय रुपैयाँ, पाँच सय रुपैया जरिवना हुँदा सवारी कारवाही धेरै हुने गरेको थिए । तर हाल जरिवाना रकम २ हजार रुपैयाँसम्म बृद्धि बृद्धि हुँदा ट्राफिक कारवाही पनि कम भएका छन् । राजश्व धेरै उठेपनि सवारी कारवाहीको संख्या कम भएको छ । त्यसैले जरिवाना रकम अझै हाईगर्नु पर्छ । राज्यले बनाएको कानुन नमान्नेलाई अलि कडा फाईन हुनुपर्छ ।” तर कोहि नयाँ सवारी चलाउनेलाई भने जनचेतना दिनुपर्ने उनले बताए ।

यस्तो छ ५ वर्षको सवारी कार्यवाही र संकलित राजश्वको अवस्था

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७२/०७३ मा ५ लाख ४८ हजार ४ सय ७० सवारी साधन कारवाहीमा परेका छन् भने १५ करोड ८२ लाख ९१ हजार २ सय ७५ रुपैयाँ राजश्व असुली भएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७३/०७४ मा ६ लाख ३९ हजार ६ सय ११ सवारी साधन कारवाहीमा परेका छन् भने ३५ करोड ६० लाख ६७ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा ४ लाख ७२ हजार ४ सय ७ सवारी कारवाहीमा परेका छन् भने २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा ४ लाख ८१ हजार ७५ सवारी साधन कारवाहीमा परेका छन् भने ३१ करोड ५६ लाख ४१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७६/०७७ मा ४ लाख १४ हजार ४ सय ८३ सवारी साधन कारवाहीमा परेका छन् भने २६ करोड ४१ लाख २९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

ट्राफिक कारवाहीमा सरकारी कर्मचारीहरु पनि पर्ने गरेका छन् । भिआइपी, भीभीआईपीहरु स्कटिङमा जाने गर्छन । तर जो स्कटिङ विना हिड्छन यी भीआईपीहरु पनि कारवाहीमा पर्ने गरेका छन् । यसरी ट्राफिक प्रहरीले कारवाही गरेको रकम सिधै सरकारको सञ्चित कोषमा जाने प्रवक्ता गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्