मछिन्द्रनाथको रथलाई लिएर पुल्चोक तनावग्रस्त प्रहरीको वाटर क्याननमा क्षति « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

मछिन्द्रनाथको रथलाई लिएर पुल्चोक तनावग्रस्त प्रहरीको वाटर क्याननमा क्षति



काठमाडौं । नेपाल प्रहरीको वाटर क्यानन सामान्य दुर्घटनामा परेको छ भने आन्दोलनकारीले त्यसमा थप तोडफोड गरेका छन् । रातो मछिन्द्रनाथको रथ चलाउन माग गर्दै उत्रिएका युवाहरुले भिड तितरवितर पार्न ल्याइएको वाटर क्यानन तोडफोड गरेका हुन् ।

पानीको फोहराले रथ तान्न खोज्नेहरुलाई प्रहार गर्ने तयारी भएपछि स्थानीय आक्रमक भएर उत्तिएका थिए । उनीहरुले प्रहरीलाई ढुंगामुडासमेत गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको छ । यतिखेर मछिन्द्रनाथको रथ प्रहरीको नियन्त्रणमा रहेको छ ।

वाटर क्यान भने सडक छोडेर सिंढीमा ठोक्किन पुगेको छ । यसका सिसाहरु आन्दोलनकारीले फुटाएका छन् ।

कोरोना महामारीको विच रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुविच झडप भएको छ ।

प्रहरीले युवाहरुले तानीरहेको रथ तान्न रोकेपछि ललितपुरको पुल्चोकमा तनाव झडप भएको हो ।
भडप भएपछि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा लगाईएको छ । निषेधाज्ञाको समयमा अनाबश्यक भिड नगर्न प्रशासनले आग्रह गरेको छ । यस्तो महामारीको समयमा चाडपर्व घरमै मनाउन आग्रह गरेको छ । तर युवाहरुले ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ तानेका छन् ।


प्रतिक्रिया दिनुहोस्