२० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

२० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको विकास ऋणपत्र २०८७ (घ) नामको ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बताएको छ ।

उक्त ऋणपत्रको बोलकबोल कार्तिक १९ गते बुधबार अपरान्ह २ बजेसम्म हुनेछ । २०७७ साल कार्तिक २० गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८७ साल कार्तिक २० गते भुक्तानी हुने जनाएको छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् ३ अर्ब रूपैयाँ छुट्याइएको सुचनामा बताएको छ ।


प्रतिक्रिया दिनुहोस्