कतिले पाए भन्ने तथ्याङ्क केही दिनमै सार्वजनिक गर्दै बीमा समिति « Arthapath.com
२४ कार्तिक २०७७, सोमबार

कतिले पाए भन्ने तथ्याङ्क केही दिनमै सार्वजनिक गर्दै बीमा समिति



काठमाडौं । नेपालमा २०७७ बैशाखको पहिलो सातादेखि कोरोना बीमा संचालन भयो । सुरुमा प्रतिव्यक्ति ५० हजार र एक लाख रुपियाँ गरी दुई प्रकारका बीमा पोलेसी संचालनमा ल्याएको थियो ।

कोभिड संक्रमित कम आय भएका गरिब नागरिकलाई लक्षित गरेर ल्याइएको यो बीमा योजनामा कोभिड संक्रमण भएको पीसीआर परीक्षणबाट प्रमाणित भएमा बिमाङ्क रकम दाबी भुक्तानी दिने व्यवस्था थियो । तर समयमै बीमा कम्पनीहरुले रकम नदिएपछि बीमा समितिले इजाजत प्राप्र्त सबै निर्जीबन बीमा कम्पनीहरुलाई पिसिआर परीक्षण पोजेटिभ प्रमाणित भएको अवस्थामा एक साताभित्र रकम दिन निर्देशन दिएको छ । त्यसको कार्यान्वयन आउन केही दिन बाँकी छ ।

बीमा समितिका सह–प्रवक्ता निर्मल अधिकारीले नेपालका सबै २० वटा निर्जिवन बीमा कम्पनीहरुलाई एक साताभित्र बीमा भएको व्यक्तिको संख्या बीमाक रकमको बारेमा सबै जानकारी खुलाएर बीमा समितिमा पठाउन निर्देशन दिएको बताउनुभयो ।

कोरोना बीमाको दाबी भुक्तानीमा केही ढिलाइ भएको जनगुनासो आइरहेको छ । यस्तै, गुनासो व्यापक रुपमा आएपछि कोरोना बीमाको दाबी भुक्तानीको समय एक हप्ता तोकिएको छ । अर्थ मन्त्रालयसँगको समन्वयमा बीमा समितिले यसै साता कोरोना बीमाको दाबी भुक्तानी एक साताभित्र दिनुपर्ने निर्देशन बीमा कम्पनीहरुलाई दिइसकेको छ ।

सुरुको अवस्था र अहिलेको अवस्थामा बीमाको प्रकृति फेरिएकाले सुरुमा पोलिसीमा उल्लेख भए अनुसारको बीमाङ्ग रकम दिन निर्देशन दिएको उहाँले स्पष्ट पार्नुभयो । ‘केही दिनमा बीमा गरिएको सख्या र पाएको राहतको सार्वजनिक हुन्छ’ उहाँले भन्नुभयो ।

पछिल्लो समय कोभिड संक्रमणबाट पीडित हुने नेपालीको संख्या बढ्दै गएपछि एक पटक कोरोना लागेर निको भएकाहरुले पुनः बीमा गर्न पाउने की नपाउने भन्ने बिषयमा जिज्ञासा राख्दा सहप्रवक्ता अधिकारीले एक पटक कोरोना बीमा गरेका व्यक्तिले फेरि कोरोना बीमा गर्न नपाउने बताउनुभएको छ ।

‘बीमा कम्पनीहरुले सामाजिक उत्तरदायित्व स्वरुप ल्याइएको कोरोना बीमामा एक पटक सहभागी भएपछि फेरि अर्को पटक सहभागी हुन पाइदैन’ उहाँले भन्नुभयो । अहिले कोरोना बीमा हुने की नहुने भनेर प्रश्न पनि आउने गरेको छ । सहप्रवक्ता अधिकारी भन्नुहुन्छ अहिले पनि कोरोनाको बीमा भैरहेको छ । बीमा गर्नको लागि उमेर र परिचय खुल्ने सरकारी प्रमाणपत्र थथा
नागरिकता नभएका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्र पेश गरेपछि कोरोना बीमा गराउन सकिन्छ । तर अहिले व्यक्तिगत बीमाभन्दा पनि सामूहिक बीमामा सरकारलेनै जोड दिइरहेको छ ।

अहिले एक जनाको मात्र कोरोना बीमा भन्दा पनि कार्यालयबाट वा पारिवारीक रुपमा सामूहिक बीमा गराउन सकिन्छ । कोरोना बीमा गरेको ३० दिनसम्म कोरोना देखिएमा बीमा कम्पनीबाट कुनै दाबी भुक्तानी पाइदैन ।

पोलिसी फेरियो पाइदैन अब पाइदैन एक लाख

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा २०७७ वैशाखको पहिलो साताबाट कोरोना बीमाको सुरुवात भएको थियो । ‘त्यो समयमा बीमा गरेकाहरुले अहिलेपनि पीसीआर गर्दा कोरोना भाइरस संक्रमण भएको पोजेटिभ देखिएमा १ लाख वा ५० हजार ९ बिमाङ्क रकम बराबरको बीमा गराइएको छ, त्यति रकम नै० रुपैयाँ क्यास पाउछन् । तर यो पुरानो पोलिसी हो । भदौ २८ बाट कोरोना बीमा पोलिसीमा हेरफेर भइसकेको छ ’ अधिकारीले भन्नुभयो ।

भदौ २९ गतेबाट कोरोना बीमा गराएका व्यक्तिले पीसीआर पोजेटिभ रिपोर्ट आएको आधारमा २५ हजार रुपैयाँ मात्रै पाउँछन् । तर, अस्पतालमा भर्ना भएको अवस्थामा भने बिलको आधारमा ७५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाइने अधिकारीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो अहिलेको पोलेसी अनुसार कोरोना भाइरस पोजेटिभ देखिएर २५ हजार रुपैयाँ लिएका बिमितले अस्पताल नगई होम आइसोलेसनमा बसेमा बाँकी रहेको ७५ हजार रुपैयाँ पाउदैनन् ।

बीमा गरेको व्यक्तिको कोरोना संक्रमणको कारण मृत्यु भएमा उनीहरुलाई कसरी रकम उपलब्ध गराइएको छ त्यस बारे सबै निर्जिबन बीमा कम्पनीसँग तंथ्याङ्ग मागिएको र यही साता सबै विवरण आउने उहाँले स्पष्ट पार्नुभयो ।गोरखापत्रबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्