अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

अपि पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम



काठमाडौं । अपि पावर कम्पनीले आफ्ना लगानीकर्तालाई कार्तिक १४ गतेदेखि बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति शेयरको १ः०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ०.४७६ कित्ता साधारण शेयर) को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेको थियो । त्यसैले, २०७६ साल फागुन ३० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । उक्त हकप्रदमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्