साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश दिने « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश दिने



काठमाडौं । किसान विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

संस्थाको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्