सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट « Arthapath.com
१ पुष २०७७, बुधबार

सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि, नयाँबानेश्वर, काठमाडौबीच बैंकका ग्राहकहरुलाई IELTS/KUMAT/TOEFL/SAT/PTE/CMAT/GMAT/GRE का तयारी कक्षामा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहकहरु र उहाँहरूका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्