भारतका मुकेश अम्बानीलाई पछि पार्दै चीनका जोङ बने एसियाकै धनी « Arthapath.com
१६ पुष २०७७, बिहीबार

भारतका मुकेश अम्बानीलाई पछि पार्दै चीनका जोङ बने एसियाकै धनी



काठमाडौं । भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति चीनका जोङ सनसान बनेका छन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ ।

योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक मालाई पछि पारेका हुन् । भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका कारण जोङले यो उपलब्धि हाँसिल गरेको बीबीसीले जनाएको छ । जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराएका छन् ।

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार जोङको कूल सम्पत्ति ७७.८ अर्ब डलर रहेको छ । इण्डेक्सका अनुसार जोङ सनसान अब विश्वकै ११ औं सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्