शुक्रबारदेखि महिला लघुवित्तको आइपिओ खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ? « Arthapath.com
३० माघ २०७७, शुक्रबार

शुक्रबारदेखि महिला लघुवित्तको आइपिओ खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ शुक्रबारदेखि निष्काशन गरिएको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो । जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको साधारण सेयर तथा आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्