नागरिक लगानी कोष र नेशनल लाइफको संस्थापक शेयर विक्रीमा « Arthapath.com
५ बैशाख २०७८, आईतवार

नागरिक लगानी कोष र नेशनल लाइफको संस्थापक शेयर विक्रीमा



काठमाडौं । नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ९७ हजार ७०६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ला गरेको छ ।

एनआईसी एसिया बैंकको दुई कम्पनीमा रहेको आफ्नो स्वामित्वमाको उक्त संस्थापक शेयर आइतबारबाट लिलामीमा विक्री खुल्ला गरेको हो । जसमा नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफको ४७ हजार ७०६ कित्ता सेयर लीलामीमा विक्री खुल्ला गरेको हो ।

लगानीकर्ताहरुले नागरिक लगानी कोषको शेयरमा न्यूनतम प्रतिकित्ता १ हजार ४५५ रुपैयाँ र नेशनल लाइफको ४६३ रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकर १०० कित्तादेखि १० ले भाग जाने गरी लिलामीमा आएको सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने कम्पनिले जनाएको छ ।

उक्त शेयर खरीद गर्न कानून बमोजिम योग्य लगानीकर्ताले वैशाख १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र फारम धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालय बबरमहल, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली तथा शाखाहरु विराटनगर, वीरगनज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेश गर्न गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्