प्राइम लाइफको नाफामा छलाङ्ग २५ प्रतिशतले बढ्यो, बीमा शुल्क ३७.५० प्रतिशतले उकालो लाग्यो « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

प्राइम लाइफको नाफामा छलाङ्ग २५ प्रतिशतले बढ्यो, बीमा शुल्क ३७.५० प्रतिशतले उकालो लाग्यो



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनिले २२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २४.८७ प्रतिशतले बढेको हो । गत वर्ष इस्योरेन्सको १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

इन्स्योरेन्सले नाफा संगै खुद बीमा शुल्क पनि बढाएको छ । कम्पनिले सार्वजनिक गरेको आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनिले चैत मसान्तसम्ममा २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा यही अवधिको तुलनामा ३७.५० प्रतिशतले बढी हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात ६९.३८ गुणा पुगेको छ ।

इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा ६२ करोड ५२ लाख रुपैयाँ रहेको छ ।जीवन बीमा कोषमा १४ अर्ब ३६ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ७० लाख रुपैयाँ सञ्चित छ ।


प्रतिक्रिया दिनुहोस्