खानीखोला हाइड्रोपावरको सेयर कारोबार फुकुवा, आजदेखि कारोबारमा आउने « Arthapath.com
३१ जेष्ठ २०७८, सोमबार

खानीखोला हाइड्रोपावरको सेयर कारोबार फुकुवा, आजदेखि कारोबारमा आउने



काठमाडौं । धितोपत्र दोस्रो बजारमा रोक्का रहेको खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आज सोमबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को हिजो जेठ ३० गतेको निर्णयअनुसार यो कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो । योसँगै आजबाट यो कम्पनीको सेयर कारोबारमा आउने भएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार वित्तीय विवरणहरु पेस नगरेको भन्दै नेप्सेले गत जेठ २० गतेबाट यो कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो । कम्पनीले गत जेठ २६ गते लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीका वित्तीय विवरणहरु सार्वजनिक गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्