बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट, खोप लगाउन दुइ अर्ब « Arthapath.com
१ असार २०७८, मंगलवार

बागमती प्रदेश सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट, खोप लगाउन दुइ अर्ब



काठमाडौं । वागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाखको बजेट ल्याएको छ । आज बागमती सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक गरेका छन् ।

प्रदेशले २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत बजेट चालु खर्चतर्फ र ५१ प्रतिशत अर्थात २९ अर्ब ७० करोड बजेट पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । ४ प्रतिशत अर्थात २ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन तर्फ छुट्याएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार उठ्ने अनुमान गरेको छ । त्यस्तै संघीय सरकारबाट वित्तीय अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, अन्य प्राप्ती १ अर्ब ५ करोड ९ लाख ९६ हजार रहने अनुमान गरेको छ ।

बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट बिनियोजन गरेको छ । बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट बिनियोजन गरिएको छ । स्थानिय तहबाट आएका ३ सय ९ वटा योजना तथा कार्यक्रम कार्यान्वयनको लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

बागमती प्रदेशका सबै नागरिकको लागी खोप व्यस्थापनको लागी २ अर्ब बजेट छुट्याएको छ । केन्द्र सरकारसँगको सहकार्यमा सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न २ अर्ब बजेट व्यवस्था गरेको छ ।

प्रदेश सरकारले कोरोनाको कारण रोजगारी गुमेका तथा विदेशबाट फर्किएका नागरिकको लागी ‘मेरो गाउँ उद्यम सहित जिउँने ठाउँ’ भन्ने नारासहित युवालाई आर्कषित कार्यक्रम ल्याएको छ । सो कार्यक्रम अन्र्तगत स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका सीप प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।

Budget-Speech-2078-03-01

Tags :

प्रतिक्रिया दिनुहोस्