नेको इन्स्योरेन्सको १५.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
१७ असार २०७८, बिहीबार

नेको इन्स्योरेन्सको १५.५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १५.५ प्रतिशत लाभांस र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत नगद लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो ।

इन्स्योरेन्सको साधारण सभा प्रयोजनार्थ भोली असार १८ गतेबाट बुकक्लोज हुने छ । कम्पनिले असार ३१ गते २५ औं साधारण सभा बोलाएको छ । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी साधारण सभाले बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्ने कम्पनिले जनाएको छ ।

त्यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने १५.५ प्रतिशत लाभांश प्राप्त गर्ने छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्