उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, माइक्रो बस र टेम्पो सञ्चालन गर्न दिने « Arthapath.com
२० असार २०७८, आईतवार

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी, माइक्रो बस र टेम्पो सञ्चालन गर्न दिने



काठमाडौं । काठमाडौंमा एकसाता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा थप एकसाता निषेधाज्ञा गर्ने तयाी गरिएको छ ।

निषेधाज्ञा बारेमा छलफल गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने बारेमा आजको बैठकमा छलफल गर्नेछ । माइक्रो बस र टेम्पो सञ्चालनबारे निर्णय गर्ने तयारी छ । यस विषयमा आइतबार वा भोलि सोमबार निर्णय गर्नेछ ।

गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा असार २१ गते रातीदेखि सकिँदैछ । निषेधाज्ञा थपिए पनि अन्य थप क्षेत्र खुकुलो गर्ने विषयमा विज्ञहरुसँग छलफल भइरहेको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्