सोमबार थप २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मुत्यु « Arthapath.com
२८ असार २०७८, सोमबार

सोमबार थप २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मुत्यु



काठमाडौं । आज सोमबार थप २३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पिसिआर परीक्षण विधिबाट १६ सय ९० र एनटीजेनविधिबाट ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमित हुनेको संख्या ६ लाख ५७ हजार १ सय ३९ जना पुगेको छ ।

वितेको २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ जना पुगेको छ । हाल देशभर २६ हजार ७ सय १२ जना संक्रिय संक्रमित रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्