आजैबाट तेह्रथुम पावरको आईपीओ निष्काशन तथा बिक्री खुला « Arthapath.com
५ श्रावण २०७८, मंगलवार

आजैबाट तेह्रथुम पावरको आईपीओ निष्काशन तथा बिक्री खुला



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैया अंकित मुल्यका ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आजैबाट निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले उक्त शेयर खरिदका लागि न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन । उक्त शेयर निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ ।उक्त् समयसम्म पुर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म थप हुने कम्पनिले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आयोजना प्रभावित क्षेत्रका आवेदकले खरिदका लागि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्