कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, थप २ हजार ७१४ जनामा कोरोना संक्रमण « Arthapath.com
७ श्रावण २०७८, बिहीबार

कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, थप २ हजार ७१४ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १२२ पीसीआर परीक्षणमा १ हजा ८५५ जना र ३ हजार ७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २ हजा ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ ।

बिहीबार कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएका छन् । योसहित ९ हजार ९६६१ जनाको मृत्यु भएको छ

त्यस्तै, १ हजा२८८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


प्रतिक्रिया दिनुहोस्