काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १५ प्रतिशत आईपीओ निष्काशन गर्ने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १५ प्रतिशत आईपीओ निष्काशन गर्ने



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको जनाएको छ । कम्पनीले चालु आर्थिक बर्ष भित्र नै आईपीओ निष्काशन गर्ने गरि तयारी थालेको हो ।

केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । कम्पनी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन भैरहेको छ । १ अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत, नेपाल चेम्बर अफ कमर्सलगायत ४ वटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने कम्पनीले जनाएको छ ।

अब बस्ने साधारण सभामा आईपीओ निष्काशनल गर्ने प्रस्ताव लैजाने तयारी छ । स्थापना हुँदाखेरी नै कम्पनीले सर्वसाधारणलाई १५ प्रतिशत शेयर जारी गर्ने व्यवस्था गरेको थियो । सोही अनुरुप कम्पनीले आगामी साधारण सभामा प्रस्ताव लैजाने तयारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्