फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुल्ला « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा विक्री खुल्ला



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । माइक्रोफाइनान्सले १ लाख कित्तँ संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

इच्छुक लगानिकर्ताले न्युनतम प्रतिकित्ता ३४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने कम्पनिले जनाएको छ ।

उक्त लिलामी शेयरमा साउन १७ गतेसम्म खुल्ल हुने भएकाले १७ गते सम्म न्युनतम १ हजार कित्ता वा सबै कित्ताको लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

माइक्रोफाइनान्सको शेयर विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्