काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने « Arthapath.com
१५ भाद्र २०७८, मंगलवार

काठमाडौँको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको हो । करिब १ महिनादेखि उठ्न नसकेको फोहोर भोलिदेखि उठाउने निर्णय भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो । सडकको अवस्था बिग्रिएको र बर्षाका कारण काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले शहरका सडक, गल्ली, चोक र नदी किनारमा रहेको फोहोर उठाउन सकेको थिए ।

लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।


प्रतिक्रिया दिनुहोस्