बिकेन एचआइडिसिएलको ३ करोड ३० लाख कित्ता हकप्रद, असोज ७ देखी १४ गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

बिकेन एचआइडिसिएलको ३ करोड ३० लाख कित्ता हकप्रद, असोज ७ देखी १४ गतेसम्म आवेदन दिन सकिने



काठमाडौँ । हाइड्रोइलेक्ट्रोसिटि इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले निष्कासन गरेको हकप्रद बिक्न सकेन । संस्थाले सर्वसाधारणको लागी निष्कासन गरेको हकप्रद संस्थापक शेयर र साधारण शेयर लिलाम बढाबढमा  बिक्री गर्ने भएको छ । 

कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बढाबढमा राख्ने भएको हो । कम्पनीको उक्त शेयरमा इच्छुक आवेदकले असोज ७ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेस गर्नुपर्नेछ ।लगानीकर्ताले न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


लिलामीको शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल ग्लोबल आइएमई बैङ्कका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्