ओली सरकारले नियुक्त गरेका राजदुतकाे जागिर देउवा सरकारले खाईदियाे, देउवाकाे सासु पनि फिर्ता « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

ओली सरकारले नियुक्त गरेका राजदुतकाे जागिर देउवा सरकारले खाईदियाे, देउवाकाे सासु पनि फिर्ता




काठमाडौं । सरकारले  राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज बसेको मन्त्रिपपरिषदको बैठकले ओली सरकारले नियुक्त गरेका सबै राजदुतलाई र्फिता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बैठकले राजनीतिक नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भारतका लागि निलाम्बर आचार्य, अमेरिकालागि डा. युवराज खतिवडा, चीनका लागि महेन्द्रबहादुर पाण्डे, बेलायतमा लोकदर्शन रेग्मी र जापानमा प्रतिभा राणालाई राजदूत नियुक्त गरेका थिए ।

सरकाले गरेको यो निर्णयले प्रधानमन्त्री शेयरबहादुर देउवाको सासु पनि राजदुतबाट फिर्ता भएकी छन् । जापानका लागि राजदुत प्रतिभा राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्