बालुवाटार जग्गा प्रकरणले सत्ता गठबन्धन टुट्ला ! गच्छदारले किन पोले माधव नेपाललाई ? « Arthapath.com
६ आश्विन २०७८, बुधबार

बालुवाटार जग्गा प्रकरणले सत्ता गठबन्धन टुट्ला ! गच्छदारले किन पोले माधव नेपाललाई ?



काठमाडौं । बालुवाटारको सरकारी जग्गा प्रकरणबारे तत्कालिन भौतिक पुर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशनमा गरेको बताएका छन् ।

सत्ता गठबन्धनको बलियो हिस्सेदार रहेका माधव नेपाललाई कांग्रेस उपसभापती विजयकुमार गच्छदारले माधव नेपालकै निर्देशनमा मन्त्रिपरिषदमा लैजाने काम मात्रै आफुले गरेको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी पुर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सामुहिक मन्त्रीपरिषदको निर्णयलाई लिएर आफुलाई मात्रै फसाउन खोजिएको बताएका छन ।

राजिनीतिक पुर्वाग्रहले आफुलाई मात्रै बालुवाटार जग्गा काण्डको दोषी देखाइएको गच्छदारले आरोप लगाएका छन् ।
तत्कालिन सरकारको कार्यक्रम मात्रै आफुले लागुगर्ने मात्रै काम गरेको बताए । उनले बालुवाटार जग्गाको संबन्धमा निष्पक्ष छानविन हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्