असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने



काठमाडौँ । असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो । 

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र यातायात व्यवसायीको बिहीबारको बैठकले दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको बैठकमा सहभागी यातायात  व्यवसायीले जानकारी दिएका छन ।


कोरोना महामारीको अवस्थालाई मध्यनजर गदै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्