मानुषी लघुवित्तको आईपीओ भोलिदेखि दोस्रो बजारमा कारोबार हुने, कति पायो ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
१० आश्विन २०७८, आईतवार

मानुषी लघुवित्तको आईपीओ भोलिदेखि दोस्रो बजारमा कारोबार हुने, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाण्डौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आइपिओ) भोलीबाट दोस्रो बजारमा कारोबार हुने भएको छ । आज लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ आज नेप्सेमा सुचीकृत भएको हो । यो सँगै भोलि सोमबारबाटै कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

लघुवित्तले दोस्रो बजारमा कारोबारको लागि एमबिबिएस (MLBS) कारोबार सङ्केत (सिम्बोल) नेप्सेबाट पाएको हो । शेयर कम्पनीको प्रतिशेयर नेटवर्थलाई आधार मानेर प्रतिशेयर न्यूनतम १३२.६९ रुपैयाँदेखि अधिकतम ३९८.०७ रुपैयाँसम्मको कारोबार रेञ्ज तोकिएको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाले गत साउन २७ देखि साउन ३१ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित दरमा ३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १९ हजार ६ सय ८८ कित्ता सामूहिक लागनी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५ सय ९३ कित्ता शेयरका सर्वसाधारणहरूका खुल्ला गरिएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकको गोला प्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन् । जसमा २३ लाख २४ हजार बढी आवेदकले शेयर पाउन सकेका थिएन्न  ।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 


प्रतिक्रिया दिनुहोस्